दफा ४६
सम्पत्तिको हानि नोक्सानी सम्बन्धी कसुर
देहायका कुनै कार्य गरेमा सम्पत्तिको हानि नोक्सानी सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) दफा ४१ को खण्ड (क) बमोजिमको सम्पत्ति वा सैनिक संस्थाको वा यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको वा नेपाली सेनामा काम गरिरहेका वा नेपाली सेनामा सम्मिलित भएका अन्य व्यक्तिको सम्पत्तिमा हानि नोक्सानी पुयाएमा,
(ख) सरकारी सम्पत्तिमा आगो लगाई वा अरू कुनै कुराले नोक्सान वा क्षति पुयाउने काम गरेमा,
(ग) आफ्नो जिम्मामा रहेको कुनै जनावरलाई दुव्र्यवहार गरेमा, घाइते पारेमा, मारेमा, लिई भागेमा वा हराएमा ।